पर्यटक आकर्षित गर्न पर्वत डाँडाकटेरीका स्थानीयवासी कृषिमा आधारित व्यवसाय (एग्रो टुरिजम) तर्फ आकर्षित भएका छन् । कृषि पर्यटनको सम्भावनालाई पूर्णता दिन अभियान सञ्चालन गरिएको लघु उद्यमी सहजकर्ता तुलसी सुवेदीले बताए । समुद्री सतहदेखि २१ सय मिटरको उचाइमा रहेको यो गाउँमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढेकाले स्थानीय उत्साहित बनेका हुन् ।
वर्ष ८, अंक ८३, मङ्गलवार २६ मङ्सिर, २०६९