अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष होटलको संख्या १० प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल सरकारले अघिल्लो वर्षलाई नेपाल पर्यटन वर्ष र यो वर्षलाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेकाले पर्यटक आगमनमा वृद्धि हुने अपेक्षामा होटलको संख्या बढेको हो । नेपालको पर्यटन क्षेत्रमा यो सकारात्मक खबर हो । तर, जुन गतिमा नेपालमा पर्यटन पूर्वाधारको विकास र बजारीकरण हुनुपथ्र्यो, त्योचाहिँ हुन नसकेको पक्का हो । तुलनात्मक रूपमा पर्यटकको संख्या बढे पनि गुणस्तरीय पर्यटक भने नबढेको गुनासो पर्यटन व्यवसायीले गरिरहेका छन् ।
नेपालको पर्यटन उद्योगमा मूलत: निजीक्षेत्रको लगानी छ । पञ्चायतकालमा सरकारले केही होटलमा लगानी गरेको थियो । तर, त्यो अहिले शून्यमा झरेको छ । निजीक्षेत्रकै सक्रियतामा विभिन्न किसिमका नयाँनयाँ पर्यटन प्रडक्टहरू नेपालमा भित्रिइरहेका छन् । कुनैबेला हिमाल हेर्न मात्र नेपाल आउने पर्यटक अहिले बञ्जी जम्प, र्याफ्टिङ, प्याराग्लाइडिङ, जीप फ्लाइङ आदिका लागि समेत आउने गरेका छन् ।
(सम्पादकीयबाट) वर्ष ८, अंक ७७, बुधवार २० मङ्सिर, २०६९