काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)का सदस्यहरू लेअब ग्लोबल आईएमई बैंकको सहयोगमा क्यामेरा किन्नको लागि बिना धितो बिना ब्याज ऋण पाउने भएका छन् । गत बिहीबार ग्लोबल आईएमई बैंकका ट्रान्जेक्शन बैंकिङ विक्री तथा व्यवसाय प्रमुख प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीप राज वन्तले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार फोटो पत्रकारहरूले क्यामेरा खरिदका लागि २ लाख देखि ५ लाख सम्मको ऋण प्राप्त गर्न सक्नेछन् । बैंकले फोटो पत्रकारहरूलाई सहज किस्ताबन्दी योजनाहरू मार्फत सहयोग गर्न चाहन्छ। आवश्यक कागजातहरू, जस्तै नागरिकता प्रमाणपत्र र तलब विवरण, एनएफपीजेले संकलन गरी बैंकमा बुझाउनेछ।
एनएफपीजेका अनुसार क्यामेराहरू काठमाडौंको न्यू रोडस्थित जी एन्ड डी सप्लायर्सबाट ६ देखि १८ महिनासम्मको किस्ताबन्दी योजनामा खरिद गर्न सकिन्छ। ऋण प्राप्त गर्नका लागि फोटो पत्रकारहरूले एनएफपीजेको केन्द्रिय कार्यालयबाट आधिकारिक सिफारिसपत्र लिनुका साथै उनीहरू कार्यरत संस्थाबाट संस्थागत अनुमोदन प्राप्त गर्नुपर्नेछ।