काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ ले माघ मसान्तसम्म ९ करोड १४ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ ।
पुस मसान्तसम्मको तुलनामा माघ मसान्तसम्म योजनाको नाफा करीब २ करोड अर्थात् १ करोड ६३ लाख ९५ हजार रुपैयाँले बढेको हो । पुस मसान्तसम्म योजनाले ७ करोड ५० लाख रुपैयाँभन्दा बढी मात्र नाफा गरेको थियो ।
माघमा योजनाको आम्दानी बढेकाले नाफामा वृद्धि भएको देखिन्छ । पुस मसान्तसम्म ८ करोड ७७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले माघ मसान्तसम्म भने १० करोड ६१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो ।
योजनाको खर्च भने बढेको छ । पुस मसान्तसम्म १ करोड २६ लाख रुपैयाँभन्दा बढी खर्च गरेको योजनाले माघ मसान्तसम्म १ करोड ४७ लाख रुपैयाँभन्दा बढी खर्च गरेको हो ।
७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना २०७८ साउन ७ गतेदेखि सञ्चालनमा छ । योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो । माघ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ७३ पैसा छ । पुसको तुलनामा यो मूल्य बढेको हो । पुस मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ६० पैसा थियो ।
माघ मसान्तसम्म योजनाले विभिन्न शीर्षकमा गरेको लगानीको परल मूल्य १ अर्ब २१ करोड रुपैयाँभन्दा बढी रहेकोमा यसको बजार मूल्य भने १ अर्ब २० करोड रुपैयाँभन्दा बढी मात्र छ । यो अवधिसम्म योजनाले बैंक मुद्दति निक्षेपमा १२ करोड रुपैयाँ लगानी गरेको छ