काठमाडौं । गत आर्थिक वर्ष (आव)मा राधी विद्युत कम्पनी लिमिटेडको खुद नाफा १७ दशमलव ७२ प्रतिशत घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ११ करोड २७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत आवमा ९ करोड २७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । गत आवमा कम्पनीको आम्दानी कम हुँदा नाफामा असर परेको हो ।
कम्पनीको विद्युत् विक्री आम्दानी अघिल्लो आवभन्दा गत आवमा २४ दशमलव १६ प्रतिशत कम भएको छ भने वित्तीय आम्दानी ३७ दशमलव ३२ प्रतिशतले घटेको छ । गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी ९ करोड ७४ लाख रुपैयाँभन्दा बढी र वित्तीय आम्दानी १० करोड ५८ लाख रुपैयाँभन्दा बढी छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड ५५ लाख रुपैयाँभन्दा बढी र अन्य इक्वीटी ३४ करोड ७७ लाख रुपैयाँभन्दा बढी छ । कम्पनीको कर्जा सापटी गत चौथो त्रैमाससम्म ८ करोड ९९ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ २८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ८१ पैसा छ ।