साउन २४, काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा राजेश्वर ज्ञवाली नियुक्त भएका छन् ।
नेपाल सरकार, अर्थ मन्त्रालयको गत असार १ गतेको पत्रानुसार सहसचिव ज्ञवालीलाई अध्यक्षमा नियुक्त गरेको कम्पनीले बताएको छ ।
साथै कम्पनीले नवनियुक्त अध्यक्षले बीमा समितिका अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेको पनि सूचनामार्फत जानकारी दिएको छ ।