काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म राष्ट्रिय बीमा राष्ट्रिय बीमा संस्थानले रू. १ करोड ९३ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १ दशमलव २३ प्रतिशत बढी भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ करोड ५६ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी १९ दशमलव ३९ प्रतिशत बढी भएको छ भने खर्च १३ प्रतिशत बढेको छ । यस वर्ष कम्पनीले रू. ३ करोडभन्दा बढी आम्दानी गरेको हो भने रू. १ करोड १० लाखभन्दा बढी खर्च गरेको छ । पहिलो त्रैमाससम्म यस वर्ष कम्पनीले गत वर्षभन्दा ७५ दशमलव ३७ प्रतिशत कम रू. १ अर्ब ११ करोड ६७ लाख खुद बीमाशुल्क आर्जन गरेको छ भने साढे १७ं९ प्रतिशत कम रू. ७६ करोड ८७ लाखभन्दा बढी खुद दाबी भुक्तानी गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १८ करोड १० लाख २० हजार रहेको छ । कम्पनीको जगेडा कोष रकम २१ प्रतिशत बढी रू. ४३ करोड ३१ लाख र जीवन बीमा कोष १९ दशमलव ३९ प्रतिशत बढी रू. ४० अर्ब २४ करोडभन्दा बढी कायम भएको छ । यस कम्पनीले सर्वसाधारणमा हालसम्म शेयर जारी गरेको छैन् । पूँजीबृद्धि लागि कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गरी हकप्रद र बोनस शेयरको सहारा लिने योजना बनाएको छ ।
स्रोतः कम्पनीको पहिलो त्रैमाससम्मको वित्तीय विवरणमा आधारित