काठमाडौं । 'राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५'अन्तर्गत ८ विधाकाे मनोनयन सार्वजनिक गरिएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल)ले बुधवार काठमाडौंमा कार्यक्रम आयोजना गरी अवार्डका लागि मनोनयनमा परेका उत्कृष्ट ५ जनाकाे नाम सार्वजनिक गरेको हो ।
यो संस्करणमा दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटो पत्रकारिता विधामा अवार्ड दिइँदैछ । साथै, सातै प्रदेशका फोटो पत्रकारहरूलाई पनि प्रदेशस्तरीय अवार्ड प्रदान गरिँदैछ ।
नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता अवार्डका लागि हरि महर्जन, स्कन्द गौतम, दीपेन्द्र ढुंगाना,अभिषेक महर्जन र बिजेन अमात्य मनोनयमा परेका छन् । त्यस्तै, पन्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्डका लागि देविका बिष्ट, कविता थापा, मेनुका कार्की, रमिता छुँजु र सकुन्तला राना छनोट भएका छन् ।
त्यसैगरी, सूर्यज्योति लाइफ इन्स्योरेन्स राजनीतिक फोटो पत्रकारिता अवार्डका लागि अनिश रेग्मी, चन्द्र बहादुर आले, दीपेन्द्र ढुंगाना, गोपाल दाहाल र स्कन्द गौतम छानिएका छन्नो भने डिश होम इन्टरनेट खेलकुद अवार्डका लागि उदिप्त सिंह क्षेत्री, सफल केसी, साजन लामिछाने, सरोज नेपाल र सौरभ केसी छनोट भएका छन् ।
कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता अवार्डका लागि अजय लेन्सम्यान, दिलिप वैद्य, शंकर भुजेल, राजिब हेन्गाजु र टेक बहादुर खड्का मनोनयनमा परेका छन् भने एडभेन्चर आउटडोर पर्यटन तथा संस्कृति अवार्डका लागि अम्बिर तोलाङ्, अमित मचामासी, हरि महर्जन, मनोजरत्न शाही र सुशील श्रेष्ठ छानिएका छन् ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक मनोरञ्जन फोटो पत्रकारिता अवार्डका लागि स्कन्द गौतम, सरोज राई, सागर बस्नेत, प्रेम थापा र अभिषेक महर्जन उत्कृष्ट ५ मा परेका छन् भने ग्लोबल आइएमइ बैंक आर्थिक अवार्डका लागि दीपेन्द्र ढुंगाना, अम्बिर तोलाङ्, चन्द्र बहादुर आले, स्कन्द गौतम र अभिषेक महर्जन छनोट भएका छन् ।
प्रदेशस्तरीय
गुर्खाज फाइनान्स कोशी प्रदेश फोटो पत्रकारिता अवार्डका लागि अर्जुन कुलुङ राई, गुरु ढकाल,नेत्र बिमली, शरद जोशी र सुजन बज्राचार्य मनोनयनमा परेका छन् मधेश प्रदेशको अवार्डका लागि अर्मेंद्र कुमार यादव, चन्द्रदेव साह, दिवाकर भण्डारी, राम सर्राफ र तिवारी यादव छनोट भएका छन् ।
त्यस्तै, ललितपुर महानगरपालिका बागमती प्रदेश अवार्डका लागि अमरदीप श्रेष्ठ, गणेश बिष्ट, मिलन घिमिरे, नवीन पौडेल र उद्धव कुमार श्रेष्ठ छानिएका छन् भने गण्डकी प्रदेशको अवार्डका लागि विष्णु गौतम, खिम लामिछाने, किरण आचार्य, प्रेम थापा र सागर गिरी छनोट भएका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशको अवार्डका लागि जानु पाण्डेय, खगप्रसाद चापागाई, माधव प्रसाद अर्याल, मनिष अर्याल र राज अधिकारी उत्कृष्ट ५ मा परेका छन् भने रोयल इन्फिल्ड कर्णाली प्रदेश अवार्डका लागि अमरराज पुन, अमृत कुमार बुढाथोकी, बल बहादुर ओली, भारत घर्ती र कविराज कार्की छनोट भएका छन् ।
सुदूरपश्चिम प्रदेशको अवार्डका लागि भूपेन्द्र ओली, विनोद बिष्ट, खडक रावल, लोकेश साउद र माधव अवस्थी मनोनयनमा परेका छन् ।
अवार्ड छनोट समिति
संस्थाका अध्यक्ष प्रदिपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सूर्यज्योति लाइफ इन्सोरेन्सका ब्राण्डिङ्ग एण्ड कम्यूनिकेशन प्रमुख मेघेन्द्र प्रकाश गिरी, प्राज्ञा वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दाहाल अवार्ड छनोट समितिमा छन् ।
संयोजक वन्तले देशभरिका फोटो पत्रकारहरूबाट प्राप्त आवेदन तथा उनीहरूले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको आधारमा मनोनयन गरिएको जानकारी दिए ।
अवार्डको घोषणा यही वैशाख १३ गते ललितपुरको कुपण्डोलस्थित होटल हिमालयनमा हुनेछ । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिको रूपमा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमकै अवसरमा जीवनभर फोटो पत्रकारितामा योगदान पुर्याएका एकजना अवकाशप्राप्त फोटो पत्रकारलाई 'लाइफटाइम एचिभमेन्ट अवार्ड' पनि प्रदान गरिने आयोजक संस्था एनएफपीजेका महासचिव घनश्याम श्रेष्ठले बताए । उनले भने, 'यो सम्मान फोटो पत्रकारहरूको श्रम, समर्पण र पेशागत योगदानको उच्च मूल्याङ्कन हो।'