काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई बुधवार (आज) शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघिकी शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि उक्त पदमा पन्तलाई नियुक्त गरिएको हो ।
नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।