काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ ।
काठमाडौं जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई न्यायिक हिरासतमा पठाएको हो ।
बयान सम्पन्न भए पनि थुनछेक बहस सम्पन्न नभएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको अदालतले जनाएको छ । थुनछेक बहस सोमबारदेखि शुरु हुनेछ ।
काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध अदालतमा दायर भएको मुद्दामा बहस चलिरहेको छ ।