काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कम्पनी सचिवमा दिपेश बाबु तिवारीलाई नियुक्त गरेको छ ।
कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ सहायक महाप्रबन्धकसमेत रहेका तिवारीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
तिवारीलाई कात्तिक १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले नेप्सेमार्फत जनाएको छ ।
हाल कम्पनी सचिव रहेका नारायणहरि अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिको बैठकले तिवारीलाई सचिवको जिम्मेवारी दिएको हो ।