काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले १४औं वार्षिक साधारण सभा आगामी भदौ २० गते गर्ने भएको छ । सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्याण्ड एण्ड ब्याक्वेट प्रालिमा दिनको ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको गत मंगलवार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ ७ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।
यस बुक क्लोजको आधारमा भदौ ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।