काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असार २० गते बुक क्लोज गरेकाले आज (असार १९ गते) सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले असार ३१ गते साधारण सभा गर्ने जानकारी दिएको छ । कम्पनीका अनुसार सभा काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरवार ब्याक्वेटमा उक्त दिन बिहान ११ बजे शुरु हुनेछ ।