logo
रु रु जलविद्युत परियोजनाको लाभांश असोज २९ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउने
रु रु जलविद्युत परियोजनाको लाभांश असोज २९ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउने
फाइल तस्वीर ।
२९ आश्विन २०८१

काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश असोज २९ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउने भएका छन् । कम्पनीले यस वर्षको प्रस्तावित लाभांश पारितका लागि कात्तिक ११ गते २९ वार्षिक साधारयण सभा गर्ने मिति तय गरिसकेको छ ।

उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ३० गते एक दिन बुक क्लोज गर्दैछ । बुक क्लोजको मितिका आधारमा असोज २९ गतेसमम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका हुन् ।

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बोनस शेयर वितरणपश्चात् कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात् हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने घोषणा पनि कम्पनीले गरेको छ । कम्पनीको हकप्रद शेयर निष्कासनको प्रक्रिया भने साधारण सभाबाट पारित भएपछि मात्र अघि बढ्नेछ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.