काठमाडौं । साहस उर्जा लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५४ दशमलव ३४ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ५८ करोड १३ लाख नाफा कमाएकोमा चालू आवमा रू. २६ करोड ५१ लाखमा झरेको हो ।
चालू आवमा कम्पनीको प्रशासनिक खर्च बढेको छ भने वित्तीय खर्च रू. १४ करोड ७१ लाखमा भन्दा बढी रहेको छ । यस कारण पनि नाफा घटेको देखिन्छ । गत आवमा कम्पनीको प्रशासनिक खर्च रू. २५ लाख ७४ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड ६७ लाख पुगेको छ ।
कम्पनीले २०७९ चैत १७ गतेबाट व्यावसायिक उत्पादन सुरु थालेको हो । उत्पादिन विद्युत बिक्रीको बिल नेपाल विद्युत प्राधिकरणमा पेस गरेको तथा बिल बमोजिम रकम भुक्तानीको क्रममा रहेको कम्पनीले जनाएको छ । यस कारण पनि कम्पनीको नाफा प्रभावित भएको देखिन्छ । चालू आवमा कम्पनीले विद्युत बिक्रीबाट रू. २१ करोड ८० लाख आम्दानी गरेको छ । गत आवमा कम्पनीले विद्युत उत्पादन गरी बिक्री शुरु गरेको थिएन ।
कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ५० करोड रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव १०(वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ५१ दशमलव २९ गुणा र प्रतिशेयर नेटवर्थ रू. १६७ दशमलव ६९ रहेको छ ।