काठमाडौं । साहस ऊर्जा लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. १० करोड १८ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ५० दशमलव १२ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २० करोड ४२ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष कम्पनीको कुल आम्दानी करिब ५० प्रतिशत कम भएकाले खुद नाफा घट्न पुगेको हो । गत वर्ष रू. २० करोड ५१ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १० करोड २७ लाखभन्दा बढी मात्र कुल आम्दानी गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ५० करोड रहेको छ भने जगेडा कोष रकम रू. २ अर्ब १२ करोडभन्दा बढी रहेको छ । कम्पनीको कुल सम्पत्ति रू. १५ अर्ब ३४ करोडभन्दा बढी रहेको छ कुल चालू दायित्व रकम रू. १ अर्ब ७२ करोडभन्दा बढी रहेको छ । यस वर्ष गत बर्षको तुलनामा कम्पनीको कुल सम्पत्ति ३३ दशमलव ६८ प्रतिशत र कुल चालू दायित्व रकम ११६ दशमलव ३१ प्रतिशत बढेको हो ।
वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ६५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १६० दशमलव ७९ रहेको छ ।
स्रोतः कम्पनीको पहिलो त्रैमाससम्मको वित्तीय विवरणमा आधारित