साउन २६, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म साहस ऊर्जा लिमिटेडले रू. ७१ करोड ५३ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीले २९ दशमलव ७९ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष कम्पनीले रू. ५५ करोड ११ लाखभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको कुल आम्दानी साढे २९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष रू. ५५ करोड ४७ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ७१ करोड ८७ लाखभन्दा बढी आम्दानी गरेको हो ।
प्रशासनिक खर्च पनि अघिल्लो वर्षभन्दा करिब ५ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू. ३६ लाखभन्दा बढी रहेको प्रशासनिक खर्च गत वर्ष रू. ३४ लाखभन्दा बढी मात्र भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ५० करोड रहेको छ भने जगेडा कोष रकम रू. २ अर्ब २ करोडभन्दा बढी छ । गत चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २० दशमलव ४४ र प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ८७ रहेको छ ।