काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ ।
यी दुई कम्पनी एक आपसमा गाभ्ने–गाभिने (मर्जर) गर्न लागेकाले कारोबार रोक्का हुने भएको हो । मर्जरका लागि नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् ।
दुवै कम्पनीकोे शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि एकीकृत कारोबार सुरु फागुन २४ गतेदेखि १५ कार्यदिनसम्म शेयर कारोबार रोक्का राख्ने निर्णय गरेको जनाएको छ ।