काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चैत ११ गते कम्पनीलाई ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३७ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि बोर्डको अनुमति पाएको हो ।
हाल संस्थापक तर्फ ५० करोड १० लाख रुपैयाँ शेयर चुक्ता गरेको कम्पनीले सर्वसाधारणमा ४३ दशमलव शून्य ७ प्रतिशत शेयर जारी गर्न अनुमति पाएको हो । संस्थापक तर्फ भने कम्पनीमा ५६ दशमलव ९३ प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा समेत आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८८ करोड रुपैयाँ चुक्तापूँजी कायम हुनेछ ।
जलविद्युत कम्पनी रहेकाले कम्पनीले आयोजना प्रभावित स्थानीयमा पनि आईपीओ जारी गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । बोर्डले एक महिनापछि थप कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । यस अघि फागुन २ गते बोर्डले पियोर इनर्जीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो ।