काठमाडौं । सानिमा बैंकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
बैंकले नक्सालस्थित सामुदायिक सेवा केन्द तथा सामुदायिक प्रहरी सेवा केन्द्र, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र तीनकुनेस्थित कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा यही मंसिर २१ गते नक्सालस्थित मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचामा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा सम्पूर्ण रक्तदाताहरूलाई धन्यवाद व्यक्त गरे ।
सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाहरूबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
सानिमा बंैकको सातै प्रदेशमा हाल १३५ ओटा कार्यालय र १२५ ओटा एटीएम सञ्चालनमा छन् ।