काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापकतर्फको ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ ।
इच्छुक खरीदकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेस गर्नुपर्नेछ । आवेदन काठमाडौंको नारायणचौरस्थित बैंकको केन्द्रीय कार्यालयमा आगामी ३५ दिनभित्र पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।