काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी माघको तुनलामा फागुनमा घटेको छ । माघ मसान्तसम्ममा फण्डको नोक्सानी रू. १ करोड ४२ लाख रहेकोमा फागुन मसान्तमा घटेर रू. ५१ लाख ६९ हजारमा झरेको हो ।
फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नोक्सानी घटेको हो । माघ मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. २२ लाख ६३ हजार रहेकोमा फागुन मसान्तमा बढेर रू. १ करोड ३५ लाख पुगेको हो ।
फण्डको न्याभ माघको तुलनामा फागुनमा वृद्धि भएको छ । माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ १८ पैसा रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ २५ पैसा पुगेको हो ।
फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयर, बैंक मुद्दति निक्षेप, डिबेञ्चर र सार्वजनिक हकप्रद शेयर, बोनस शेयरमा गरेको लगानी कुल रू. १ अर्ब ३३ करोड ५० लाख रहेको छ । यो लगानी माघ मसान्तमा भने रू. १ अर्ब ३३ करोड ९६ लाख थियो ।