काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले यस वर्षको लागि वितरण गर्ने प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने चैत ७ गते (आज) अन्तिम मौका रहेको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजी २ अर्ब रुपैयाँको आधारमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि र शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले चैत २१ गते सातौ वार्षिक सधारण सभा गर्दैछ । उक्त सभा प्रयोजनका लागि चैत ८ गते कम्पनीले बुक क्लोज गर्ने भएकाले बुक क्लोजको आधारमा चैत ७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
यसअघि २५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरिसकेको कम्पनीले उक्त प्रस्ताव संशोधन गर्दै १७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावलाई पनि सभामा पेश गर्दैछ ।
यस कम्पनीलाई नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यसका लागि कम्पनीले बोनस शेयर र हकप्रद शेयरलाई प्राथमिकताका साथ अघि बढाएको हो ।