काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको १९ प्रतिशत अर्थात् ३८ लाख कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रूपान्तरण भएको हो ।
अब कम्पनीमा संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत कायम रहेको थियो ।