काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको शेयर स्वामित्व परिवर्तन हुने भएको छ । कम्पनीको १९ प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत हुने भएको हो ।
उक्त संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएपछि कम्पनीको संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम हुनेछ । यसअघि कम्पनीमा संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत कायम थियो ।
कम्पनीले आफ्नो शेयर परिवर्तन गर्न नचाहेमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र लिखित जानकारी गराउन संस्थापक शेयरधनीहरूलाई अनुरोध गरेको छ । सो अवधिभित्रमा शेयर परिवर्तन गर्ने वा नगर्नेसम्बन्धी जानकारी प्राप्त नभए प्रचलित कानुनबमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिणत हुने कम्पनीले जनाएको छ ।