काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको आ.व. २०७८/७९ को छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष तारा चन्द केडियाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
कम्पनीको छैठौं वार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आर्थिक वर्ष (आव) ०७८/७९ वार्षिक प्रतिवेदन सहित साबिक सानिमा लाईफ इन्स्योरेन्स लि. तथा रिलायन्स लाइफ इन्स्योरेन्स लि. का आव ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै आव ०७८ /७९ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्तावसमेत सभाले पारित गरेको छ ।
सभाले संस्थापक शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालक कुमार प्रसाद कोइराला, रतनलाल केडिया, डा. सुवर्ण दास श्रेष्ठ र भरत कुमार तोदी तथा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक केशव राज केसी र परिक्षीत खेम्कालाई निर्विरोध निर्वाचित गरेको छ ।