काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडको महाप्रबन्धकमा गृष्म ओझा पुनः नियुक्त भएका छन् । वैशाख ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चार वर्षे कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
ओझा २०७७ साल जेठ ११ गतेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार चार वर्षे कार्यकालका लागि नियुक्त भएका थिए । जेठ १५ गतेदेखि लागू हुने गरी ओझालाई पुनः कम्पनीको महाप्रबन्धकमा नियुक्त गरिएको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत जानकारी गराएको छ ।