काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा चैत ५ गते गर्ने भएको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरवार ब्याक्वेट बिहान ११ बजे साधारण सभा शुरु गर्ने जानकारी दिएको हो ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण शेयरधनी समूह ख को प्रतिनिधित्व गर्ने १ जना महिलासहित २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसमेत पारित गरिनेछ । त्यस्तै सभाले चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १३ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।