काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको जानकारी दिएको छ । अघिल्लो आवको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिएको थियो ।