काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ ।
कम्पनीले १७ औं तथा १८औं वार्षिक साधारण सभा बुधवार कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर थापाथलीमा आयोजना गरिएको थियो । सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
त्यसैगरी सभाले यो कम्पनी र अन्य कुनै पनि बीमा कम्पनी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
साथै सभाले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्तिसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ १७ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरेको थियो । यस आधारमा माघ १६ गतेसम्म कायम शेयरधनीमात्र लाभांश पाउन योग्य छन् ।