काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म शिखर इन्स्योरेन्सले ११ करोड २४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ११ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १ दशमलव ३३ प्रतिशत बढेको हो ।
कम्पनीको कुल आम्दानी गत वर्षभन्दा ९ प्रतिशत बढी अर्थात् ५६ करोड २२ लाख रुपैयाँभन्दा बढी छ भने कुल खर्च करीब १४ प्रतिशतभन्दा बढी अर्थात् ४० करोड ६७ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । स्पेशल रिजर्भमा १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निङ ३३ करोड रुपैयाँभन्दा बढी छ । अन्य इक्वीटी भने ५८ करोड ७८ लाख रुपैयाँभन्दा बढी छ ।
बीमा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीले पहिलो त्रैमाससम्म २७ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिसम्म कम्पनीको कुल दाबी भुक्तानी १९ करोड ७९ लाख रुपैयाँभन्दा बढी छ । यस त्रैमाससम्म कम्पनीले ७५ हजार ९०४ ओटा बीमालेख जारी गरेको छ । २२ हजार ६७६ ओटा बीमालेख नवीकरण भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ २४ पैसा छ ।