काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमवार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको जानकारी दिइन् ।
शिक्षकको सडक आन्दोलन चलिरहेका बेला उनले राजीनामा दिएकी हुन् । शिक्षकहरूले गत चैत २० गतेदेखि संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।