सार्वजनिक संस्थानहरूमा बढ्दै गएको राजनीतिक हस्तक्षेप अन्त्य गर्न माग गरिएको छ । सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालको आठौं राष्ट्रिय महाधिवेशनले संस्थानमा हुने गरेको राजनीतिक हस्तक्षेपको अन्त्य गरी प्रतिस्पर्धाका आधारमा सबै सार्वजनिक संस्थान प्रमुखको नियुक्ति, सञ्चालक समितिमा नियुक्तिको व्यवस्था गर्नुपर्नेलगायतका प्रस्ताव पारित गरेको हो ।
महाधिवेशनले संस्थानमा विषयविज्ञ र संस्थागत प्रतिनिधित्वको व्यवस्था लागू गर्न सरकारसँग माग गर्नुका साथै आधिकारिक ट्रेड युनियनको आवधिक निर्वाचन गराउन पनि माग गरेको छ । सार्वजनिक संस्थानका कर्मचारीसँग चन्दा माग्ने तथा नदिएमा अपहरण गर्ने कार्यको नियन्त्रणको माग पनि गरिएको छ ।
वर्ष ८, अंक १५३, मङ्गलवार, ८ फागुन, २०६९