काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले प्रस्ताव गरेको कुल १५ प्रतिशत लाभांश पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र पाउने भएका छन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको तयारी गरेको हो ।