काठमाडौं । शिवम् समेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सोही बैंठकले प्रस्तावित लाभांश पारितका लागि पुस २७ गते आठौं वार्षिक साधारण सभा गर्ने निर्णय भएको पनि जानकारी दिएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
यस बुक क्लोजको आधारमा पुस १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।