logo
शिवम् सिमेन्ट्सले प्रस्ताव गर्‍यो गत वर्षभन्दा कम लाभांश, पुस २९ गते साधारण सभा आह्वान
शिवम् सिमेन्ट्सले प्रस्ताव गर्‍यो गत वर्षभन्दा कम लाभांश, पुस २९ गते साधारण सभा आह्वान

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ५ करोड २ लाख ७० हजार रुपैयाँको आधारमा ८ दशमलव ५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत वर्ष १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो ।

प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । कम्पनीले काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.