काठमाडौं । श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले छैटौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।