काठमाडौं । सिबिआईएल क्यापिटल लिमिटेडले आगामी माघ ८ गते दोस्रो विशेष साधारण सभा बोलाएको छ । पुस १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ललितपुरको कुपण्डोलस्थित कम्पनीको कार्यालयमा बिहान ८ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीको नाम परिवर्तन गर्ने र त्यसका लागि आवश्यक प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव सभाले पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने भएकाले त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस २९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस २८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।