काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले रूपन्देहीको सिद्धार्थनगर–१२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ । मंगलवार आयोजित एक कार्यक्रमका बीच भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ तथा बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बैंकका अध्यक्ष केसीले बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको बताए । उनले बैंकले गुणस्तरिय सेवा प्रदान गर्न कुनै पनि सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एंव बैंकका कर्मचारीको उल्लेख्य उपस्थिति थियो ।