काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामी फ्रक्रियाबाट वित्री गरेको अवितरित ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले चैत १२ गतेदेखि २० गतेसम्म उक्त अवितरित हकप्रद शेयर विक्री गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत २७ गते खोली चैत ३० गते कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफाँट गरेको हो ।
बाँडफाँटको अन्तिम मूल्य अर्थात (कटअफ प्राइस ) प्रतिकित्ता १४५ रूपैयाँ कायम भएको जानकारी कम्पनीले दिएको छ । यो बाँडफाँटमा नपरेको शेयर वापतको रकम वैशाख ३ गते सोमवारदेखि फिर्ता भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ । सम्बन्धित आवेदकहरूको बैंक खातामानै शेयर वापतको रकम फिर्ता भुक्तानी गरिने जानकारी कम्पनीले दिएको हो ।
कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको हकप्रद शेयर कम्पनीले लिलामी फ्रक्रियाबाट वित्री गरेको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले १ करोड ४५ लाख रूपैयाँ चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री गरेको हो । अवितरित हकप्रद विक्री तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ९० करोड रूपैयाँ कायम भएको छ ।