काठमाडौं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टियागो ईभी मनसुन एक्सचेञ्ज’ मेला आयोजना गरेको छ । मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिनेछ । ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीसाधनप्रतिको रुचि तथा चाहनालाई ध्यानमा राख्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत विभिन्न शोरुममा शुक्रवारदेखि शुरू भएको मेला आज (आइतवार)सम्म सञ्चालन हुने बताइएको छ ।
मेलामा सहभागी ग्राहकले आकर्षक एक्सचेञ्ज बोनस, नि:शुल्क अटोप्लस इन्स्योरेन्स, नि:शुल्क २ आर्थिक वर्र्षको सवारी कर, एसेसरिज र ३ वर्षको नि:शुल्क सर्भिसिङ सुविधाको फाइदा लिन सक्नेछन् । साथै मेलामा टेस्ट ड्राइभ र बुकिङमा स्योर सट गिफ्ट पनि पाउन सकिने बताइएको छ ।