काठमाडौं। युसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय ज्ञान, शीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास बैंकको छ । यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको अभिनयसहितका सन्देशमूलक भिडियो, सचेतनामूलक सन्देश विकास गरी नियमित रूपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय तहमा रहेका उद्यमी सोचको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकको छ ।