काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले असोज महिनाको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएको भन्दै पुनर्निर्माणका लागि स्रोत जुटाउन ढिलाइ भएकोमा चार बुँदे ध्यानाकर्षण गराएको छ। नेवापसले विज्ञप्तिमा बाढीपहिरोको मुख्य कारण अविरल वर्षासँगै जथाभावी डोजर प्रयोग, ढुंगाखानीको अवैध उत्खनन्, र कमजोर शासकीय प्रणाली रहेको उल्लेख छ।
नेवापसले पर्यावरणीय प्रभावलाई बेवास्ता गर्दै गरिएको डोजरे विकासले भूगोल कमजोर बनाएको र सुक्खापहिरोको समस्या बढाएको भन्दै, स्थानीय सरकार, राजनीतिक दल, र सरोकारवालालाई गम्भीर हुन आग्रह गरेको छ।
भविष्यमा यस्ता क्षति न्यूनीकरण गर्न, पुनर्निर्माणका क्रममा नीति तथा निर्देशिका तयार पार्नुपर्नेमा विशेष जोड दिइएको छ। यसमा भिरालो स्थानमा घर बनाउन रोक लगाउने र नदी किनारमा निर्माण गर्दा उचित मापदण्ड अपनाउने सुझावसमेत समावेश गरिएको छ।