काठमाडौं । क्रिकेट लिजेन्ड ब्रायन लाराले डीपलको आधिकारिक ब्याटमा हस्ताक्षर गरेका छन् ।
संघीय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा लाराले नेपाल क्रिकेट संघ (क्यान)का सचिव तथा डीपल ईभीका ब्रान्ड एम्बेस्डर पारस खड्का र नेपालमा डीपलका मालिक विष्णुकुमार अग्रवालको उपस्थितिमा डीपलको क्रिकेट ब्याटमा हस्ताक्षर गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)सँगको सहकार्यमा डीपल कारको आधिकारिक वितरक चाङ्गान नेपालले लाराको सम्मानमा कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटरलगायतको उपस्थिति थियो ।
कार्यक्रममा क्रिकेट लिजेन्ड लाराले क्रिकेटबारे अविस्मरणीय कथा सुनाएका थिए ।
डीपल १६२ वर्षको विरासत भएको चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी चाङ्गानको उप–ब्रान्ड हो । ८ महीनाअघि नेपालमा लन्च गरेपछि डीपल ईभीका ६५० कार विक्री भइसकेको कम्पनीले जनाएको छ ।