काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छूटसहितकोे पुनर्जागरण अभियान शुरू गरेको छ । पुस १ गतेदेखि शुरू भएको सो अभियान २४ गतेसम्म लागू हुने बताइएको छ ।
पुनर्जागरण अभियानअन्तर्गत बीमालेख अवधिभित्र एकपटक मात्र ब्याज छूटको सुविधा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । कुनै पनि बीमालेख व्यतीत रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि बेहोर्नुपर्ने हुनाले यो मौकाको फाइदा लिई बीमालेख नवीकरण गर्न कम्पनीले आग्रह गरेको छ । हरेक नेपालीलाई बीमाको दायरामा ल्याई बीमित र बीमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाका लागि जीवन बीमा अनिवार्य रहेको कम्पनीले बताएको छ ।