काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर बिहीवार (आज) सूचीकृत भएको छ । कम्पनीको १८ लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
कम्पनीले माघ १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले कर प्रयोजनको लागि शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।