काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ४ हजार ४४० दशमलव ८७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले प्रतिकित्ता १०३ रुपैयाँ अंकित मूल्यमा यी शेयर विक्रीमा ल्याएको हो ।
तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ । यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।