काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषलाई रू. २५ लाखको चेक हस्तान्तरण गरेको छ ।
शहरी विकास मन्त्रालयमा आज (आइतवार) आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई उक्त रकमको चेक हस्तान्तरण गरे । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको जनाएको छ ।
गत बिहीवार बेलुकादेखि शनिवारसम्म परेको अविरल वर्षाले बाढीपहिरो र डुबान हुँदा देशका विभिन्न भूभागमा जनधनको क्षति भएको छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना १८८ ओटा शाखा, १४८ ओटा एटीएम र ९७ ओटा शाखारहित बैंकिङ्ग इकाईहरूबाट सेवा दिइरहेको जनाएको छ ।