काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सर्वसाधारणमा वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालू आर्थिक वर्ष २०८०/८१ मा आफ्ना १३४ शाखामार्फत वित्तीय साक्षरताका विभिन्न कार्यक्रम गरेको छ ।
बैंकले विभिन्न उमेर समूहका व्यक्ति, महिला, विद्यार्थी, कृषक, मजदूर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति र अन्य समूहका गरी विभिन्न व्यक्तिलाई वित्तीय साक्षरताका विभिन्न कार्यक्रमको आयोजना गरी करीब १० हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्रदान गरेको छ । कार्यक्रममा वित्तीय साक्षरताको अवस्था र डिजिटल बंैकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा जानकारी गराइएको थियो ।
साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखा कार्र्यालयमार्फत बैंकले विभिन्न विद्यालय र संघ संस्थालाई सहयोग प्रदान गरेको छ, जसअन्तर्गत बैंकको चामे शाखाले चामे मनाङमा अवस्थित लोकप्रिय माध्यमिक विद्यालयका गरीब तथा जेहेनदार बालबालिकालाई न्यानो स्वेटर उपलब्ध गराएको छ । त्यस्तै बैंकको कोहलपुर शाखाले कौशिल्य अस्पताल कोहलपुर, बाँकेसँगको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । साथै बैंकको धनगढी शाखाले कैलालीको गेटा आँखा अस्पताललाई ५ थान तीनसिटे बेन्च उपलब्ध गराएको छ । बैंकका यी पहलले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकको छ ।