काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बाईकर्स क्याफेबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीअनुसार सिटिजन्स बैंकका ग्राहकहरूले काठमाडौंको नक्सालस्थित बाईकर्स क्याफेमा डिजिटल माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छूट पाउने भएका छन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।
बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ ओटा शाखा, १६२ ओटा एटीएम, ३ ओटा विस्तारित काउन्टर र ७४ ओटा शाखारहित बैंकिङ्ग इकाईहरूबाट करीब १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।